
सुर्खेत । वीरेन्द्रनगरमा कारको ठक्करबाट घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन् । बुधबार राति साढे ८ बजेको समयमा वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो ।
बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट वीरेन्द्रनगरमा एकजना घाइते, सुर्खेत-छिन्चु सडक अवरुद्ध
प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार