
सुर्खेत । कालीकोटमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको जिप वडा नं ६ को हाउडी खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरू शुभकालिका ६ का २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५ वर्षीय दीपेन्द्र चौलागाईँ रहेको छन् । दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर रहेको वडा नं. ६ का पूर्व वडाध्यक्ष कर्णबहादुर केसीले जानकारी दिए ।
उनले घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र हेलिकोप्टरको पर्खाइमा रहेको बताए । एमाले नेता समेत रहनुभएका पूर्व अध्यक्ष खत्रीले जिल्ला प्रशासनसँग कुरा भए नि हेलिकोप्टर आउन ढिलाइ भएको जानकारी दिए ।
उता जिल्ला प्रहरी कार्यालय कालीकोटले घटनास्थलमा आफ्नो टोली भर्खर पुगेर घाइतेको उद्धारमा लागेकाले घटनाको विवरण लिन नपाएको जानकारी दिएको छ ।