सल्यान । सल्यानको कुपिण्डे दहमा डुबेर एक महिलाको मृत्यु भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको पर्यटकियस्थल कुपिण्डे दहमा डुबेर आज बिहान शारदा नगरपालिका– ९ आरा मेल्टाकुरा बस्ने अन्दाजी ३१ वर्षकि कमला कँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाका अनुसार कमला आज बिहान कुपिण्डे दहमा पुजा गर्न भनी आएकी थिइन् ।
पुजा गर्न भन्दै तालमा गएको बेला डुबेर उनको मृत्यु भएको हो । हाल उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार