
काठमाडौं । धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण बन्द गरिएको छ । धानवमार्ग-२ मा सानो खाल्डो परेपछि करिब १ घण्टाका लागि उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
मर्मत कार्य जारी रहेको र सुक्नलाई केहि समय लाग्नेछ । त्यति बेलासम्मका लागि उडान तथा अवतरण बन्द गरिएको झाले बताए । अहिले जहाजहरू आकाशमै होल्ड भइरहेका छन् । मलेसियन एयरलाइन्स, थाई एयरलाइन्सका जहाजहरू आकाशमै फन्को मारिरहेका छन् ।
प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार