२०८३ वैशाख १३ , आइतबार

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि



काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको हो । ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो । यो नसर्ने र घातक नभएको बताइएको छ ।तीन-तीन महिनामा कोरोनाको परीक्षण भइरहेको र त्यसै क्रममा बिहीबारको रिपोर्टले केपी.१ र केपी.२ देखाएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार