
सुर्खेत । नेकपा एमाले जाजरकोट शिवालय गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेलले उद्घाटन गरेको अधिवेशनले रङ्गनाथ योगीको अध्यक्षतामा ४७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा राम बहादुर रावत, सचिवमा तेज बहादुर बुढा, उपसचिवमा प्रकाश घर्ती र पार्वती शाही, लेखा समिति अध्यक्षमा वीरेन्द्र कुमार रानालाई सर्वसम्मत रूपमा चयन गरेको नवनिर्वाचित सदस्य तथा युवा नेता खगेन्द्र शाहीले जानकारी दिए ।
एमाले शिवालय गाउँपालिका कमिटीले आयोजना गरेको दोस्रो अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य, प्रदेश कमिटी सचिवालय सदस्य करवीर शाही, प्रदेश कमिटी सदस्य कुमारी थापा, जिल्ला अध्यक्ष नरेन्द्र कुमार शाहीलगायतले मन्तव्य राखेका थिए ।


