सुर्खेत । सुर्खेतमा दिनप्रतिदिन गर्मी बढ्दै गएपछि वीरेन्द्रनगर भित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । अत्याधिक गर्मी बढेपछि सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि एक हप्तासम्म बन्द हुने नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले जानकारी दिएको छ ।
गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले बताए । गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामुहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । यता, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्याधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिएको जानकारी दिए । तर निर्णय भने भइनसकेको उनको भनाइ छ ।