एसइईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने

खबरदृष्टि सम्वाददाता १८ जेष्ठ २०८१, शुक्रबार १९:०३

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ ।’

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।

Next Post

अतिसिमान्तकृत वर्गलाई केन्द्रित गरेर नीतिनिर्माण गर्नुपर्नेमा जोड

१८ जेष्ठ २०८१, शुक्रबार १९:०३
सुर्खेत । सुर्खेतमा प्रादेशिक नीतिनिर्माण प्रक्रियामा अतिसिमान्तकृत तथा न्यून प्रतिनिधित्व रहेका समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ‌ । “हाम्रो आवाज, हाम्रो समावेशिता , प्रादेशिक नीतिनिर्माण प्रक्रियामा हाम्रो अर्थपूर्ण सहभागिता”भन्ने मूल नारालाई आत्मसाथ गरी शुक्रवार वीरेन्द्रनगरमा जनचेतना पैरवी सञ्जालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो। राष्ट्रिय […]

सम्बन्धित समाचार

February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728