२०८३ वैशाख १३ , आइतबार

कर्णालीमा विकासको उज्यालो कांग्रेसले मात्र पुर्याउँछ : डा. संग्रौला



कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला

सुर्खेत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कर्णालीमा विकासको उज्यालो कांग्रेसले मात्रै पु¥याउने दाबी गरेकी छिन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘कर्णालीमा समस्याहरु पनि छन्, चुनौतीहरु पनि छन्, साथसाथै सम्भावना पनि छन् । कर्णाली विकासको मुलधारबाट परेकै छैन । मूलधारबाट उज्यालोतर्फ लैजानका लागि कांग्रेसले पहल गर्छ । उज्यालो कर्णालीका लागि हामीले यात्रा तय गरिसकेका छौं ।’ सदस्य संग्रौलाले आफूलाई कर्णाणी प्रदेशको कथा राम्रोसँग जानकारी भएको उल्लेख गरिन् ।

कर्णाली बिकासको मूलप्रवाहमा जोडिन नसकेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यसलाई प्राथमिकतामा राखेको बताएकी हुन् । हुम्ला, जुम्लाका महिलाका कथाहरु आफूलाई राम्रोसँग थाहा भएको दावी गर्दै संग्रौलाले कर्णालीबासीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्ने आश्वासन दिइन् ।

‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भनिन्, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रविन्दु बन्नै पर्छ ।’ कांग्रेस जनताको केन्दविन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्ने पनि उनले बताइन् ।

प्रकाशित मिति : २०८१ जेठ १९ गते शनिबार