२०८३ जेठ २७ , बुधबार

मासु खाँदा सल्यानमा चार जना बिरामी



सुर्खेत । कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन् एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेका हुन् । सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएका थिए । बेहोस भएपछि उनीहरुलाई उपचारका लागि अस्प्ताल लगिएको थियो ।

मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वस्थ्य अवस्थामा सुधार आएको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ १९ गते शनिबार