२०८३ वैशाख १३ , आइतबार

एक पुरुषले पेट्रोल छर्केर आफैलाई आगो लगाए, परिवारका ५ जना घाइते



काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सरस्वतीनगरमा एक पुरुषले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका छन् । मंगलबार राति ५२ वर्षीय चञ्चल सिहंले शरीरमा पेट्रोल छर्केर आफैंलाई आगो लगाएका हुन् ।

सोक्रममा आगो निभाउन जाँदा परिवारका अन्य ४ जना पनि घाइते भएका छन् । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार