२०८३ वैशाख १३ , आइतबार

कर्णालीको नीति तथा कार्यक्रम : वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरलाई वीरेन्द्रनगर स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने भएको छ । बुधवार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनले वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने बताए । यस्तै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्न प्रदेश सरकारको लगानीमा वीरेन्द्रनगर र चौरजहारीमा ट्रायल सेन्टर निर्माण गरिने भएकाे छ ।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार