२०८३ वैशाख १३ , आइतबार

कर्णालीको नीति तथा कार्यक्रम : सुर्खेत विमानस्थललाई थप विस्तार गरिने



नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियार

सुर्खेत । सुर्खेत विमानस्थललाई गुणस्तरीय र प्रभावकारी बनाउन विमानस्थल विस्तार र थप पुर्वाधार विकास गरिने भएको छ । बुधवार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थललाई गुणस्तरीय र प्रभावकारी बनाउन विमानस्थल विस्तार र थप पुर्वाधार विकास गरिने जानकारी गराएका हुन् ।

यस्तै प्रदेशभित्रको हवाई क्षेत्रलाई भरपर्दाे सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेश भित्र र अन्य प्रदेशका विमानस्थलमा समेत हवाई उडान नियमित गर्न पहल गरिने भएको छ । यसका लागि हवाई सेवा प्रदायकहरुलाई आवश्यकता अनुसार सहुलियत प्रदान गरिने, सुर्खेतको बुलबुलेतालबाट काँक्रेविहार हुँदै निकाससम्म जलविहारसहितको बहुउद्देश्य परियोजनाको सम्भाव्यताको अध्ययन गरिने भएको छ ।

कृषि जैविक विविधता संरक्षण र प्रवद्र्धन गर्न सम्भाव्यताका आधारमा डोल्पामा मौरी विकास, दैलेखमा बाख्रा विकास र सल्यानमा सुन्तला जात फलफुल विकास फार्म तथा केन्द्रको स्थापना गरिने उनले बताए ।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार