कर्णाली प्रदेशमा शुक्रवारदेखि श्रमाधान रोजगार मेला

खबरदृष्टि सम्वाददाता २४ जेष्ठ २०८१, बिहीबार १७:१९

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशमा २५ र २६ जेठमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको तयारी पूरा भएको मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले जानकारी दिए ।

उनकाअनुसार कर्णाली प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा शुक्रवारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा शुरु हुँदैछ ।

मेलामा करिब १० लाख बराबरको लगानी लाग्ने आयोजकले जनाएको छ। रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताएका छन् । उपसचिव ढकालले रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने बताए ।

उनले यो कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए । मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सबै सरोकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।

कर्णाली प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण संकलन गरिने पनि उनको भनाइ छ । मेलामा ४० स्टल राखिने भएको छ भने जसमा ८ वटा सरकारी रहनेछन् । मेला बिहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रूपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

मेलामा मध्यान्ह १२ बजे देखि विभिन्न कार्यशालाहरू सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशालाहरू सञ्चालन हुनेछन् ।

साथै वागिना एवं लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुति रहनेछ । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन भई रहेको छ ।

मेलामा नेपाल स्काउट एवं कोपिला भ्याली समाजका स्वयंसेवकहरू, सुरक्षा निकायहरू, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैंकर्स एसोसिएसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरू, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिगं एजेन्सी एसोसिएसन एफ नेपाल, नेपाल माउन्टेरिङ एसोसिएसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्यूनिकेशन र एभरेष्ट नेटको पनि सहभागिता हुनेछ ।

श्रमाधान रोजगार मेला १७ जेठमा कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि सुरु भएको हो । मेला हरेक प्रदेशमा दुई दिन सञ्चालन हुनेछ । कोशी प्रदेशमा १७ र १८ जेठ, मधेश प्रदेशमा १९ र २० जेठ र गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठमा आयोजना गरिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ जेठमा हुँदैछ भने बागमती प्रदेशकाे ललितपुरमा २९ र ३० जेठमा सञ्चालन भएपछि सम्पन्न हुनेछ ।

Next Post

हावाहुरीले सिम्ताको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनमा क्षति 

२४ जेष्ठ २०८१, बिहीबार १७:१९
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ९ खान्मामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको छाना उडाएर क्षति पु¥याएको छ । हिजो अर्थात् बुधवार चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा भवनमा क्षति पुगेको हो । हावाहुरीले चार कोठे कच्ची भवनको जस्ता पाता उडाउँदा त्यस कोठाको रहेका महत्त्वपूर्ण सामग्रीमा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728