२०८३ वैशाख १३ , आइतबार

हावाहुरीले सिम्ताको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनमा क्षति 

विद्यार्थीहरुलाइ रुखमुनी राखेर पढाइँदै


सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ९ खान्मामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको छाना उडाएर क्षति पु¥याएको छ । हिजो अर्थात् बुधवार चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा भवनमा क्षति पुगेको हो ।

हावाहुरीले चार कोठे कच्ची भवनको जस्ता पाता उडाउँदा त्यस कोठाको रहेका महत्त्वपूर्ण सामग्रीमा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण सुनारले जानकारी दिए । उनले बाल विकास, कक्षा ४ र ५ कक्षा सहित आइसिटी कक्षामा क्षति पुगेको बताए ।

यस्तै आइसिटी कोठामा रहेको ३ वटा डेस्कटप कम्प्युटर, १ थान प्रिन्टर मेसिन, स्मार्ट टिभीको साथै व्यापकमा समेत पूर्ण रूपले क्षति भएको प्रअ सुनारले बताए । विद्यालयको भवनमा क्षति पुग्दा विद्यार्थीहरुलाइ रुख मुनी राखेर पठनपाठन भइरहेको उनले बताए ।

‘कक्षाकोठाको बेन्च डेस्कमा क्षति भएको,’ उनले भने ‘तत्काल त्यो भवन पुनः निर्माण गर्न सक्ने अवस्था छैन । अहिले कक्षाकोठामा बस्ने वातावरण नहुँदा तत्काल स्थानीय र प्रदेश सरकारले विद्यालय भवनको लागि पहल गरेको भए हुन्थ्यो ।’ यस्तै पूर्व विद्यार्थीहरूको सहयोगबाट सञ्चालन गरेको सूचना प्रविधि आईसिटीमा समेत क्षति हुँदा विद्यालयको दैनिक प्रशासनिक कार्यमा समेत बाधा भएको छ ।

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार