२०८३ वैशाख १३ , आइतबार

मुसिकोटमा बोलेरो दुर्घटना हुँदा गुर्भाकोटका धर्मेन्द्रसहित तीनजनाको मृत्यु



सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ खलंगा बाँफिकोट गाउँपालिकाको–४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

जिल्ला अस्पताल सल्ले पु¥याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे । पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् ।

उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको शाहीले जानकारी दिए। दिलीपको उपचार जिल्ला अस्पतालमै भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार