
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातका कारण निधन भएको छ । आज विहान ११ः३० बजेको समयमा ४८ वर्षीय क्षेत्रीको प्रदेश अस्पताल कालागाउँमा निधन भएको हो ।
आज बिहान ९ बजे उनी वीरेन्द्रनगरको बुलबुलेमा डुंगा उद्घाटन कार्यक्रममा उद्धोषण गरेका थिए। कार्यक्रम समापनपछि छाती दुख्यो भन्दै गाडीसम्म हिडेरै आएका उनी लगत्तै बेहोस भएका थिए । त्यस लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकले बचाउने सक्दो प्रयास गरेपनि अक्सिजनको लेभलमा सुधार नभएपछि अस्पतालमै निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। केहीदिन अघि मात्रै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी निलम्बनमा परेपछि क्षेत्री लेखासँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।
जन्म घर पर्वत जिल्ला भएपनि उनी विगत लामोसमयदेखि वीरेन्द्रनगर-७ इत्राममाबस्दै आएका थिए। सुर्खेतमा समाजिक संघ संस्थामासमेत संलग्न क्षेत्रीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।