
फाइल तस्बिर
सुर्खेत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा रात्री बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको तुल्सिपुर यातायात प्रालिको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे सालझन्डीमा दुर्घटनामा परेको हो ।
बिग्रेर सडकमा रोकिएका ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना उपचारपछि घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहको छ ।
प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार