
सुर्खेत । बिबिसी मास्टर सेफ सन्तोष साहले आफू कर्णालीको स्थानीय खानाको स्वाद चाख्नका लागि पहिलो पटक कर्णालीमा आएको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले आयोजना गरेको युवा व्यवसायीसँग मास्टर सेफ साहको अनुभव आदानप्रदान कार्यक्रममा साहले आफू कर्णालीको खानाको स्वाद चाख्नका लागि पहिलो पटक कर्णालीमा आएको बताएका हुन् ।
कर्णाली स्वीजरल्याण्डभन्दा कम नभएको पर्यटन क्षेत्रको विकास गर्नका लागि आफू कर्णालीमा पहिलो पटक आएको यहाँ पाइने स्थानीय परिकार खाना स्वाद निकै मिठो हुने गरेको साहले बताए । ‘नेपाली खानाको मौलिकता र विविधता रहेका छन् ।’ उनले भने,‘त्यसलाई पर्यटनसँग जोड्न जरुरी रहेको छ ।’ कर्णालीमा वन लसुन, पदम चाल, मार्सीको भात काठमाडौँ बेच्न मात्रै काम भएको अब त्यसलाई कर्णालीमा नै बेच्ने वातावरण बनाउन आवश्यक रहेको साहले बताए ।
‘खानाको सम्बन्धी खोजीमा आएको छु । पहिलो पटक कर्णाली आए । यो कर्णाली पक्का नेपालमा आएको छु । एकदम राम्रो पाएको छु । कर्णालीको मार्सी चामल मात्रै भन्छ । तर, पदम चाल वन लसुन छ । कर्णाली स्वीजरल्याण्ड कम छैन ।’ उनले भने,‘यहाँ परिकार यही खुवाउने हो । कर्णालीको मार्सी काठमाडौँमा एक किलो तीन सय दरले बेच्नुभन्दा यही तीन हजारमा बेच्न सक्नुपर्छ ।’
कर्णालीदेखि आफू प्रभावित भएको नेपाल बहुमुखी बहु प्रतिभाशाली भएको साहले बताए । ‘कुनै इतिहास बनाउन समय लाग्छ । हाम्रो सुन्दरता के हो ? हामी नै थाहा पाउँदैनौँ ।’ उनले भने,‘मार्सी चामल आफैलाई खान पुग्ने छैन । अहिले बेच्ने कल्पना गरेका छौँ ।’ नेपाल समस्या छ यहाँ अवसर पनि रहेको साहले बताए ।
‘मैले समाजका लागि केही गर्न सकिन्छ भनेर एकल महिला लक्षित गरेर मिथिला थाली सुरु गरेको थिए । उनले भने,‘अहिले त्यो सफल हुँदै गएको छ ।’ कर्णालीको कागुनो र चिनो बेचेर समृद्ध बन्न सक्ने साहले बताए । हामीले हाम्रा समस्या के हुन पहिचान गर्न नसकेकोका साहले कर्णालीमा पहिलो पटक आएर कर्णालीको पाककलालाई अन्यत्र चिनाउने विश्वास लिएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले बताए ।
‘पहिला हामी आत्मनिर्भर थियौ । हामी निर्वाहमुखी थियौ । व्यावसायिक बन्न सकेका छैनौ । अरू देशका परिवर्तन जस्तै नेपालमा परिवर्तनको आवश्यकता रहेको छ ।’ उनले भने,‘बिबिसी मास्टर सेफ कर्णालीमा आएर केही काम गर्ने हुटहुटी रहेका कारणले आगामी दिनमा कर्णालीको पाककलासँग पर्यटनलाई जोड्ने काम हुनेछ ।’
कर्णालीको पर्यटन क्षेत्रमा सम्भावना रहेको कर्णालीका युवा व्यवसायीहरूसँग बिबिसी मास्टर सेफ साहलाई जोड्ने प्रयास गरिने सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले बताए । ‘नेपालमा केही गरौँ भन्ने युवाहरूलाई हामीले मास्टर सेफ साहका अनुभव साटासाट गर्नका लागि अबका दिनमा निरन्तरता दिइनेछ ।’ उनले भने,‘उद्योग वाणिज्य सङ्घ युवाहरूलाई उद्यमी बनाउनका लागि केही गरौँ भन्नेमा नै छ ।’