२०८३ वैशाख ३ , बिहीबार

शिवालयमा ट्याक्टर दुर्घटना : दुईजना घाइते



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेको छ । बिहीवार दिउँसो १ बजेको समयमा शिवालय गाउँपालिका-३ सीमादेखि छेडाबजारतर्फ जाँदै गरेको भे २ च ६०५ नम्बरको ट्रयाक्टर शिवालय गाउँपालिका डुङ्ग्रा खोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय सीमाका प्रहरी सहायक निरीक्षक गजेन्द्र बिष्टले जानकारी दिए। उनका अनुसार घाइते हुनेहरूमा शिवालय गाउँपालिका-१ बस्ने वर्ष २२ का नवीन पुन मगर र शिवालय गाउँपालिका-३ बस्ने वर्ष १८ का नवीन थापा रहेका छन्।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर सडकभन्दा अन्दाजी १ सय मिटर तल खोलामा खसेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छु ।

प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार