काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा साहले टिकटकमाथि प्रतिबन्ध लगाइए पनि अन्य सामाजिक सञ्जाहरूल चलिरहेकाले टिकटकमा मात्र प्रतिबन्ध लगाइनु उचित नभएको बताए ।
टिकटकमा प्रतिबन्ध लगाइए पनि भीपीएन प्रयोग गरेर प्रयोगकर्ताहरूले चलाइरहेको बताए । टिकटक बन्द गरेपछि आपराधिक घटना घटेको तथ्याङ्क सरकारसँग छैन होला भन्दै उनले बरु ब्यान्डविथ घटेर आम्दानीमा असर परेको उनले बताए । टिकटक बन्द हुँदा साना व्यापारीहरू समस्यामा परेको उनले बताए ।
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार