सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छ । आज (शनिवार) दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का को भूपेन्द्र के.सी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।
उनका अनुसार अत्यधिक गर्मी भएपछि उनीहरू पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुन् साथ उक्त स्थानमा प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ असार २ गते शनिबार