
सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो ।
शनिवार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए ।
गोताखोर टोलीले आइतबार दिउँसो १२:३५ बजे भूपेन्द्रको र १२:४० बजे विनोदको शव डुबेको स्थानभन्दा केही तल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए। उनीहरू अत्यधिक गर्मी भएपछि भेरी नदीमा पौडी खेल्न गएका थिए ।
प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार