
फाइल तस्बिर
सुर्खेत । अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा दुई जेसिभीसहित तीन ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बुधवार) प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी नायव निरीक्षक चेतन बुढाको कमाण्डमा खटिएको प्रहरी टोलीले गुर्भाकोट ७ स्थित भेरी नदी किनारमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको दुई जेसिभीसहित तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश ०२००१ क ०००३ नम्बरको जेसिभीको प्रयोग गरेर भे १ त १३२९, भे २ त ६९१ र भे १ त ८७७८ नम्बरको ३ वटा ट्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ती सवारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । नियन्त्रण लिएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि गुर्भाकोट नगरपालिकाको कार्यालय पठाइएको छ ।
प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार