सुर्खेत । स्थानीयकाे अवराेधकाे कारण अवरूद्व भएकाे चिसापानी – बावियाचाैर- बड्डीचाैर वीरेन्द्रनगर ३३ केभिए प्रसारण लाइनकाे काम पुन: सुचारू भएकाे छ। बराहताल गाउँपालिका-५ का स्थानीयले विभिन्न माग राखेर अवराेध गरेेकाे साे प्रसारण लाइनकाे काम कर्णाली प्रदेेशका मुख्यमन्त्री यामलाल कँडेलकाे राेहवरमा सराेकारवाला र विद्युत प्राधिकरणबीच छ बुद्वे सहमति भएपछि आज (आइतवार) देखि काम सुचारू भएकाे हाे ।
कैेेलालीकाे चिसापानीबाट सुर्खेतकाे बावियाचाैर-बड्डडिचाैेर हुँदै वीरेन्द्रनगरसम्म आउने साे प्रसारण लाइन निर्माणले आफुुहरू मर्कामा पर्ने भन्दै स्थानीयले विद्युतकाे पाेलसमेत उखेलेका थिए। विद्युत प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तिमा कालाे तार लगाउने, ३ फेेेसकाे लाइन उपलब्ध गराउने, स्थानीयकाेे कम क्षतिमा विद्युत पाेल विस्तार गर्ने लगायतका विषयमा सराेकारवालाहरूसंगकाेे सहमति भएको छ ।
कार्यक्रममा मुुुख्यमन्त्री कँडेेलले प्रसारणलाइनकाेेे विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए। स्थानीय सराेकारवालाहरूकाे माग सम्बोधनमा आफ्नो पनि खवरदारी रहने उनकाे भनाई थियाे । उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेेन्द्रनगरसहित यस क्षेत्रमा देखिएकाे विद्युत समस्या समाधानमा यसले महत्वपूर्ण याेगदान गर्ने उनको भनाइ छ छ ।
कार्यक्रममा सहजीकरण समितिकाे तर्फबाट स्धिमराज जोल्मीले आफूहरू विकास विराेधि नभएकाे तर नागरिककाे ज्यान जाेखिममा परेपछि बाध्य भएर प्रसारणलाई अवराेध गरेपनि अब समस्या समाधान हुने बताए ।प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री विन्दमान विष्टले वीरेन्द्रनगरलाई पश्चिमवाट विजुली पठाउन पाउनु त्यस क्षेत्रका जनतालाई गाैरबकाे कुरा भएकाे बताए ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बराहताल गाँउपालिका अध्यक्ष भिमबहादुर भण्डारी लगायतकाे उपस्थिति रहेको थियो ।