सुर्खेत । रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । फेला पर्नेमा मुसिकोट नगरपालिका–का ३० वर्षीय टोपजंग रोकाय रहेका छन् ।
रोकाय शनिबार बेलुका घर नजिकैको खोल्सामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । मृतक रोकाय मादक पदार्थ सेवन गरेर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ असार १७ गते आइतबार