
कल्पना हमाल, सुर्खेत
प्रेस चौतारी नेपाल, जिल्ला समिति सुर्खेतको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता तथा चौतारीका सुर्खेत अध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा आइतबार भेला सम्पन्न भएको हो । भेलामा बोल्दै केन्द्रीय कमिटी सदस्य तथा नगरप्रमुख ढकालले उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगटेको बताइन् ।
उनले पत्रकारले सूचनाका सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुपर्ने बताइन् । सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना हुने उनको भनाइ छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कर्णाली सहइन्चार्ज त्रिभुवन बिसीले पत्रकार महासंघको प्रदेशको नेतृत्व प्रेस चौतारीले पाउने सम्भावन न्युन देखिएको गुनासो गरे ।
उनले पार्टी र प्रेस चौतारीको बिचको सम्बन्ध मजबुत हुनुपर्ने बताए । सहइन्चार्ज बिसीले चौतारीले नेतृत्वमा गरेको खण्डमा मात्रै पत्रकार महासंघ महासंघ जस्तो हुनुपर्ने दाबी गरे । ‘चौतारीले नेतृत्वमा गरेको खण्डमा मात्रै पत्रकार महासंघ महासंघ जस्तो हुनसक्छ ।’ उनले भने ‘ विगतको महासंघ ठेक्का पट्टा गर्ने जस्तो भयो अब त्यस्तो बनाउनु हुँदैन् ।’ त्यसको लागि प्रदेशको नेतृत्व प्रेस चौतारीले पाउनुपर्छ ।’
यस्तै प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारीले प्रेस चौतारीका साथीहरुलाई खोजीखोजी शुद्धिकरणमा पार्ने हेतुले हटाउने काम गरेको हुँदा चौतारीले खडा एक्सनमा गएर सदस्य हुन बन्चितबाट जोगाएको दाबी गरे । प्रदेश महासंघले सुर्खेतको सदस्यतामा समस्यामा पारेको उनको भनाइ छ । प्रेस चौतारी जिल्ला शाखा सुर्खेत सल्लाहकार टिकाराम आचार्यले निर्वाचन केन्द्रीत रहेर छलफल गर्दा नेतृत्वसँगै बहुमत नै गर्ने गरेर अगाडी बढन आग्रह गरे ।
उनले पत्रकार बिमाको कुरालाई प्रभावकारी बनाउनु पर्ने नयाँ पत्रकारलाई चौतारीमा स्वागत गर्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । प्रेस चौतारी सुर्खेतका पूर्वअध्यक्ष सूर्यप्रकाश कँडेलले प्रतिवेदनमा पूर्व अध्यक्षहरुको नामहरु छुटेको गुनासो गरे । उनले चुनाव भनेको अंकगणीत भएको बताउँदै आम चुनावमा गएको जस्तो महासंघको चुनावलाई वेवस्ता नगर्न आग्रह गरे । महासंघको नेतृत्व आफुहरुले लिन सकेमा अन्य काम गर्न समेत सजिलो हुने उनको भनाइ छ ।
उनले अन्य संगठनले सञ्चालन गरेका मिडियाहरुमा चौतारीका साथीहरु पेलिनु परेको बताए । एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रेस चौतारी नेपाल, सुर्खेतका पार्टी इन्चार्ज गंगाराम तिमिल्सिनाले नेकपा एमाले २२ वटा जनवर्गीय संगठनमध्ये प्रेस चौतारी नेपालको एक महत्वपूर्ण संगठन भएको बताए । उनले पार्टीका कुरा जनता र जनताका कुरा पार्टीमा पुर्याउने काम प्रेस चौतारीले गर्नेमा आफु पूर्ण विश्वत भएको जिकिर गरे ।

इन्चार्ज तिमिल्सिनाले प्रेस चैतारी नेपाल मौसमी रुपमा नभएर निरन्तर, बैचारिक रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए । जिल्लामा अझै मेहनत गर्नु पर्ने र चौतारीलाई पालिकातर्फ लैजानुपर्ने उनको भनाइ छ । चौतारीका साथीहरु सत्यतथ्य जनताको रुपमा नपुगेको जस्तो आफुले महसुश गरेको बताए । एमाले सुर्खेत जिल्ला कमिटी उप–सचिव सुशिला विश्वकर्माले विगतका समस्या झेल्दै आएका नागरिक भएकाले अहिले पत्रकारिता गरिरहेको बताइन् ।
सर्वहारा श्रमजीवी, २२ वटै जनवर्गीय संगठनहरु पलिकासम्म पुग्नुपर्ने उनको भनाइ छ । पत्रकारहरुले उजागार गरेका कुराहरुलाई हामीले गर्व गरिरहेका बताइन् । यस्तै नेकपा एमाले प्रचार विभाग केन्द्रीय सदस्य सुर्यमणी गौतम पेशामा अब्बलता कायम गर्नुपर्ने बताए । उनले चौतारीमा भएका साथीहरुले समिक्षा गर्ने बेला आएको सुझाव दिए । उनले निर्वाचनको बेलामात्रै सदस्यता खोज्ने कार्य भएको हुँदा अन्य समयमा पनि क्षमता अभिवृद्धि कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।
उक्त भेलामा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा एमाले कर्णादी प्रदेश कमिटी सदस्य टिका विष्ट, केन्द्रीय प्रचार विभाग सदस्य सुर्यमणी गौतम नेकपा एमाले जिल्ला कमिटी सर्खेतका उपाध्यक्ष मोहनसिंह बडुवाल, पार्टी जिल्ला कमिटी उपसचिव शुशिला विश्वकर्मा, जिल्ला कमिटी सचिवालय सदस्य तथा चौतारीका इन्चार्ज गंगाराम तिमील्सिना, चौतारीका केन्द्रीय सदस्यहरु त्रिभुवन बिसी, आकाशतारा बयक, कोमल शाही, मालति केसी, प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, चौतारी जिल्ला समिति सुर्खेतका सल्लाहकारहरु, पार्टीका नेताहरु लगायत चौतारीमा आवद्ध साधारण सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।