
सुर्खेत । जाजरकोटमा पहिरोले घर भत्किँदा एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–५ इबरका ६ वर्षीय बालक प्रिन्स विक रहेका छन् ।
सोमबार बिहान साढे ५ बजेको समयमा घर पछाडिबाट खसेको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्। घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको प्रहरीको भनाइ छ । मृतकको पोष्टमर्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ असार १८ गते सोमबार