
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको छलफलमा एमाले अध्यक्ष ओलीले बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका थिए।
भेटमा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। यस्तै बैठकमा मन्त्रीमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी भएको छ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा कसरी सहभागी गराउने भन्नेबारे पनि अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच संवाद भएको दाहालले बताइन।
प्रकाशित मिति : २०८१ असार १८ गते सोमबार