काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले दाहालको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
अहिले कांग्रेस/एमालेको नयाँ गठवन्धनमा सामेल हुनेरनहुने विषयमा भने कुनै निर्णय नगरेको उनले बताए। उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा विषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए।
उनले सरकारको नेतृत्व पटक/पटक परिवर्तन हुँदा दलहरूले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे।
प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार