
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग माग गरिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ। सोमबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमा उक्त विषयमा छलफल हुने र स्पष्टीकरण फिर्ता लिने सम्भावना रहेको एक नेताले बताए ।
उनका अनुसार सर्वोच्च अदालतको फैसला मान्ने सहमति भएपछि अनुशासन समितिको निर्णय पुनः विचार गर्नुपर्ने अवस्था बनेको हो। यस विषयमा कांग्रेस सभापति गगनकुमार थापाले समितिका सदस्यहरूसँग छलफल गरिसकेका छन्। आइतबार राति उनी खड्कालाई भेट्न गोल्फुटारस्थित निवासमा पुगेका थिए।
यसअघि अनुशासन समितिले २ वैशाखमा बसेको बैठकबाट पार्टीको लेटरप्याड दुरुपयोग गरी अस्तित्वमै नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको आरोपमा खड्कासँग सात दिने स्पष्टीकरण मागेको थियो। खड्काले भने उक्त निर्णयलाई ‘हास्यास्पद र अर्थहीन’ भन्दै आलोचना गर्दै आएका छन्।