२०८३ वैशाख ६ , आइतबार

१५ वैशाखदेखि रास्वपाको जिल्ला अधिवेशन



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

यसअघि बसेको सचिवालय बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक कार्यविधि र प्राविधिक तयारीबारे विस्तृत छलफल भएको थियो।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार