२०८३ वैशाख १२ , शनिबार

ढल्यो प्रचण्ड नेतृत्वको सरकार, दुई तिहाइ सांसदको अविश्वास



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । १९ महिनापछि ५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरे । आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए ।

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ मत प्राप्त भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । दिन्न भन्नेमा एक मत पर्‍यो ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रबार