२०८३ वैशाख १२ , शनिबार

घाटी रेटेर श्रीमतीको हत्या, श्रीमान छोरो लिएर बेपत्ता



काठमाडौं । रुकुम पूर्वका एक व्यक्ति श्रीमतीको हत्या गरि फरार भएका छन् । भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षिय जीवन ओलीले खुकुरीले घाटी रेटेर २५ वर्षिया श्रीमती अप्सराको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

हत्या गरी नजिकै खोल्सामा फालिएको अवस्थामा अप्सराको शव फेला परेको थियो । ओली ५ वर्षिय छोरा आयुसलाई लिएर फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतबार