
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकको जिम्मेवारी श्याम घिमिरेलाई दिएको छ। यसअघिका प्रमुख सचेत रमेश लेखक गृहमन्त्री बनेपछि उक्त स्थान खाली थियो।
शनिबार घिमिरेलाई कांग्रेसले प्रमुख सचेतकको जिम्मेवारी दिएको हो। उनी सिन्धुली क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका प्रतिनिधि सभाका सांसद हुन्।
प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार