२०८३ जेठ २७ , बुधबार

जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध



फाइल तस्बिर

जाजरकोट । पहिरोले जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । शुक्रवार (आज) बिहान बिहान जाजरकोट नलगाड नगरपालिका ८ स्थित कायाखेतमा सडकमाथिबाट पहिरो आउँदा जाजरकोट–डोल्पा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद सापकोटाका अनुसार बिहान सवा ८ बजेतिर पहिरो खसेको हो । पहिरो खसेपछि बिहानदेखि सवारी आवागमन ठप्प भएको उनले जानकारी दिए । पहिरो पन्छाउनका लागि पहल भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रबार