काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए।
प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको उनले जानकारी दिए। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन्। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रबार