२०८३ वैशाख १२ , शनिबार

नुवाकोटमा हेलिकोप्टर दुर्घटना, थप विवरण आउन बाँकी



नुवाकोट। नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको छ । शिवपुरी गाउँपालिका–७ मा हेलिकोप्टर खसेको गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

अहिले दुर्घटनास्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । हेलिकोप्टरमा चार जना सवार रहेको बताइएको छ । उनीहरूको अवस्था थाहा हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार