२०८३ वैशाख १२ , शनिबार

हेलिकोप्टर दुर्घटना अपडेट : ४ जनाको मृत्यु



काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले बताए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार