२०८३ वैशाख ४ , शुक्रबार

कृषक समूह महासंघको समूह सवलीकरण कार्यक्रम सुर्खेतका विभिन्न पालिकाहरुमा सम्पन्न



    राष्ट्रिय कृषक समूह महासंघ नेपालले भिओएसको श्रोत साझेदारीमा प्रयास परियोजना अन्तर्गत पर्यावरणीय कृषि प्रणाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाका १२ वटा कृषक समूहहरुलाई पर्यावरणीय कृषि प्रणाली प्रवर्द्धन र समूह सवलीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकामा स्थानीय तहमा नीतिगत संवाद कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा पालिकाका उपप्रमुखहरु, वडा अध्यक्षहरु, कृषि तथा पशुपन्छी शाखा प्रमुखहरु, सम्वन्धित सरोकारवाला लगायत  कृषक समूहका सदस्यहरु सहभागी थिए।
कार्यक्रममा पालिकाका कृषिको अवस्था, सरकारी नीति नियम, कृषक केन्द्रीत कार्यक्रमहरु र सरकारी गैरसरकारी संस्थाले दिने अनुदानका विषयहरुमा छलफल भएको थियो।
भेरीगंगा नगरपालिकाले कृषि ऐन पारित गरिसकेकाे छ भने लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरुमा ऐन पारितको लागि छलफल भैरहेकाे संस्थाका अनुगमन तथा मुल्यांकन अधिकृत राेशना श्रेष्ठले जानकारी दिईन ।

← Back

Thank you for your response. ✨

प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार