२०८३ वैशाख १२ , शनिबार

प्रदेश प्रहरी समायोजन समस्या समाधान गर्न नयाँ कानुन बनाउँदै छौँ : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन्।

सिरहा र धनुषामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिताका लागि जनकपुर आइपुगेका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसद्‌मा पेस हुने जानकारी दिएका हुन्।

प्रहरीसम्बन्धी संघीय ऐन संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका काम धमाधम हुने उनको दाबी छ। वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने जिकिर उनले गरे।

उनले राजनितिक स्थिरता, आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसैअनुसार कार्यसम्पादन भइरहेको दाबी उनले गरे।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार