२०८३ वैशाख १२ , शनिबार

आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्न खोज्ने रेडियोका स्टेसन म्यानेजर पक्राउ



रुपन्देही । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ । कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको बताए । २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले बताए ।

उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो । घटना भदौ १ गते रातिको हो । रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाई छ ।

घटना भएको रात महिलाका श्रीमान् घर बाहिर थिए । सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । भदौ ४ गते प्रहरीकहाँ उजुरी परेसँगै भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार