
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद आफ्नो पार्टीलाई स्वीकार नभएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीलाई हदम्याद स्वीकार नहुने बताएका हुन्।
‘भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुने छैन। नो इफ नो बट, हाम्रो कुरा क्लियरकट छ,’ सभापति लामिछानेले भने। उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै आफूलाई फोन आएको पनि बताए। आज सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ।
प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार