२०८३ वैशाख १२ , शनिबार

दाङमा क्याम्पस प्रमुखलाई विद्यार्थीले बनाए बन्धक

छुटाउन गएका प्रहरीसँग झडप


केन्द्रीय आयुर्वेद विद्यापीठ क्याम्पस दाङ

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आर्युवेद विद्यापीठ बेलझुण्डी दाङमा प्रहरीको लाठी चार्जबाट ६ जना विद्यार्थी नेता घाइते भएका छन् । वार्ताका नाममा विद्यार्थी नेताहरूले दुई दिनदेखि क्याम्पसका पदाधिकारीहरूलाई बन्धक बनाएको खबरपछि प्रहरी छुटाउन गएको थियो ।

प्रहरीमाथि आक्रमण भएपछि झडप हुँदा केही विद्यार्थी घाइते भएका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ठाकुरप्रसाद पोख्रेलले ढोका फोडेर क्याम्पसका पदाधिकारीहरूको उद्धार गरेको जानकारी दिए ।

क्याम्पस प्रमुख प्रा.डा. रामचन्द्र अधिकारी र क्याम्पसका निमित्त प्रमुख डा. देवराज क्षेत्रीलाई उद्धार गरी तुलसीपुर ल्याएर राखेको उनले बताए । गएको फागुन २९ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनको नाममा विभिन्न माग राखेर तालाबन्दी हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार