२०८३ वैशाख १२ , शनिबार

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट (विज्ञापनसहित)



काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ। सेनाले रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी/जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ।

इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालय जंगी अड्डाले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि सेनाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार