बालेनसँग प्रधानमन्त्री ओलीले विवाद गरेको होइन : महासचिव पोखरेल

खबरदृष्टि सम्वाददाता २० भाद्र २०८१, बिहीबार १२:४१

सुर्खेत । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सामाजिक सञ्जालमा भइरहेको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण नभएको बताएका छन् । बिहीवार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कृतिम कुरा गरेर विवाद उचाल्ने काम सामाजिक सञ्जालमा भइरहेको बताउँदै पोखरेलले बालेनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद नगरेको दाबी गरे ।

‘पक्ष विपक्षमा भएको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण के छ रु हरेक व्यक्तिका सबल र दुर्बल पक्ष हुन्छन् । त्यसलाई प्रधानमन्त्रीसँग किन जोड्ने ? ,’ एउटा मेयर बालेनसँग देशको प्रधानमन्त्री भिड्न सुहाउँछ भनेर सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, ‘प्रधानमन्त्रीले बहस शुरू गरेको हो रु नभएको कृतिम कुरा गरेर भ्रम पार्न खोज्ने ? ’ उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताए । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए । ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन, मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेको,’ पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । ‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?,’ पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएको भनेर सोधेको प्रश्नलाई पोखरेलले कथा बुनेर समाजलाई दिग्भ्रमित पार्न खोजिएको टिप्पणी गरे ।

‘पार्टीको औपचारिक निर्णय कांग्रेसका महामन्त्रीको सहमतिविपरीत आएको हो रु महामन्त्रीले असहज मानेका छन् भन्ने कुरासँग संगती मिल्दैन,’ पोखरेलले भने । उनले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले अहिलेको सरकार बनेपछि राजस्वलगायतका कुरामा वृद्धि भएको दाबी गरे । महासचिव पोखरेलले अहिले पनि एमाले पार्टी जनताको पहिलो पार्टीका रुपमा रहेको ठोकुवा गरे ।

Next Post

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

२० भाद्र २०८१, बिहीबार १२:४१
सुर्खेत ।  पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रूपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031