
सुर्खेत। कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा काठमाडौंको शंखमुलस्थित ए-वान क्याफे एन्ड ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार