
सुर्खेत । सल्यानमा सरकारी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहीवार सल्यानको शारदा नगरपालिका–२ को मैसेपानीमा सरकारी बालेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । श्रीनगरदेखि खंलगा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ झ ००३५ नम्बरको गाडी दुर्घटनामा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।
‘जीप दुर्घटना भएको छ भनेर पुर्वाधार कार्यालयका एकजना इन्जिनियर ज्युँले हामीलाई फोन गरेर खबर गर्नुभयो,’ उनले खबरदृष्टिसँग भने, ‘गाडी सरकारी कार्यालयको हो, तर कुन कार्यालयको हो केही खुलेको छैन्।’ उनकाअनुसार घाइतेमध्ये २ जनाको अवस्था सामान्य र ३ जनाको अवस्था मध्यम रहेको छ । जीप सडकदेखि ५० मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार