२०८३ वैशाख ११ , शुक्रबार

नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी



दैलेख। दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भए । नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियुमा वर्चस्व जमाएको छ । यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे ।

सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए । कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार