सुर्खेत। जाजरकोटमा चट्याङ लागेर एकजना महिला घाइते भएकी छिन् । घाइते हुनेमा जाजरकोट भेरी नगरपालिका–२ पोखरा बस्ने ५५ वर्षीया कोसिला कामी रहेकी छिन् । शनिवार साँझ ५ः४० बजेको समयमा घर नजिकै चट्याङ् लाग्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते कोसिलालाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनकाअनुसार चट्याङबाट घर नजिकै बाधेको एक भेडा समेत मरेको छ ।
प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार